२०८२ भाद्र ९, सोमबार
नयाँ
पछिला अपडेट

काठमाण्डौको नरेफाँटबाट ४ राउन्ड गोली, नक्कली सुन सहित सामानहरू बरामद

२०७९ बैशाख ८, बिहिबार प्रकाशित ( साल अघि) ९०० पाठक संख्या

 

काठमाडौं, ८ वैशाख । प्रहरीले काठमाण्डौको कोटेश्वर नरेफाँटबाट चार राउन्ड गोली सहित नक्कली सुन र सामानहरू बरामद गरेको छ।

 

नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोली र पहेलो रङको १ थान धातु लगायत बिभिन्न सामानहरू बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

 

तामाङको कोठा खाली गर्न प्रहरी तथा काठमाडौं महानगरपालिकाको प्रतिनिधि खटिएको टोलीले रीतपूर्वक कोठाको ढोका खोली कोठाभित्र जाँच गर्दा उक्त सामानहरू फेला पारी बरामद गरेको हो ।

 

प्रहरीले उनको कोठाबाट नेपाली सेनाको जर्सी हरियो , नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १ थान, केशव बहादुर धानुकको नामको राहदानी १ थान, मोबाइल ४ थान, छाप १ थान, बिभिन्न ब्यक्तिका नामको चेकहरू,  बिभिन्न ब्यक्तिका नागरिकताहरू, कपाली तमसुक २ थान, जन्मकुण्डली १ थान र अन्य कागजातहरू बरामद गरेको हो।

 

सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त पहेलो धातु नक्कली सुन भएको भनी प्रतिवेदन गरेको तथा उक्त पहेलो धातुलाई थप परीक्षणको लागि सुन चाँदी व्यवसायी महासङ्घमा पठाइएको प्रहरीले जनाएको छ ।

कोठामा बरामद भएका गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस