२०८२ माघ २५, आईतबार
नयाँ
पछिला अपडेट

बाघको आक्रमणबाट एकको मृत्यु

२०७८ चैत्र २८, सोमबार प्रकाशित ( साल अघि) ९६४ पाठक संख्या

बारा । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वनमा एक जनामाथि बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

सोमबार बिहान वनमा चार जना घाँस काट्न गएका थिए। त्यसक्रममा जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरलाई एक्कासि बाघले आक्रमण गरेको थियो।

उनका साथीहरूले होहल्ला गरेर बाघलाई भगाएको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते भएका मगरलाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस