२०८२ कार्तिक ११, मंगलबार
नयाँ
पछिला अपडेट

सुकुम्बासी संघर्ष समिति देवचुलीद्वारा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण

२०७८ चैत्र ९, बुधबार प्रकाशित ( साल अघि) ११९३ पाठक संख्या

देवचुली । देवचुली नगरपालिकाको सुकुम्बासी संघर्ष समितिले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज समितिको साथमा नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठ , उपप्रमुख पार्वता तिवारी संगै नवलपुर क्षेत्र नं १ का सांसद कांग्रेस नेता डा. शशांक कोईराला र कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी समेत राजधानी काठमाडौ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा सहित राष्ट्रिय भुमी आयोगको ध्यानाकर्षण गराएका छन्।

गत चैत ६ गते देवचुली ४ र ५ का सुकुम्बासीहरुले सुकुम्बासी समस्या समाधानको माग गर्दै नगरपालिकाको कार्यालय घेराउ गरेका थिए। सोहि टोलिले आज आयोग र प्रधानमन्त्रि समक्ष छिटो भन्दा छिटो लालपूर्जा वितरण गर्नका लागि प्रक्रिया अगाडी बढाउन आग्रह गर्दै ध्यानाकर्षण गरेको देवचुली नगरपालिकाका उप मेयर पार्वता तिवारीले बताएकी छिन्।

 

उनका अनुसार प्रधानमन्त्री देउवाले नगरपालिकालाई अमिन राखेर कामलाई अगाडी बढाउन निर्देशन दिंदै स्थानीय चुनाव अगावै समस्या समाधानको लागी भुमि आयोग सम्बन्धि समिति गठन हुने बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस