२०८२ भाद्र १०, मंगलबार
नयाँ
पछिला अपडेट

शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्दै गृहमन्त्रीका स्वकीय सचिवले मनाए जन्मदिन

२०७८ चैत्र २, बुधबार प्रकाशित ( साल अघि) ७२९ पाठक संख्या

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव सन्तोष डिसीले आफनो जन्मदिन सामाजिक क्षेत्रमा सहयोग गरी मनाएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा डिसीले आफ्नो जन्मदिनको अवसरमा आफूले अध्ययन गरेको विद्यालय तथा क्रिकेट क्लबलाई मंगलबार शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका हुन्।

डिसीले तिलोत्तमाका वडा नम्बर ९ स्थित गौतमबुद्ध माध्यमिक विद्यालय र सिर्जनशील अनाथ आश्रमका ९० जना विधार्थीहरुलाई सहयोग स्वरुप शैक्षिक सामग्री वितरण गरेको विद्यालयका शिक्षक डिल्लीराम गैरेले जानकारी दिए। त्यस्तै, जन्मदिनको अवसरमै डि.सी.ले तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको क्रिकेट क्लबललाई खेलकुद सामग्री सहयोग गरेका छन्।

डिसीले जन्मदिनमा फर्जुल खर्च गर्नु भन्दा सो खर्च शिक्षामा गरेको सहयोगले शैक्षिक उन्नयनमा टेवा दिन पुग्‍ने बताए। अहिलेका विद्यार्थीहरु भोलिका कर्णाधार भएकाले शिक्षाबाट जो कोही पनि वञ्चित हुन नहुनेमा डिसीले जोड दिए ।

उनले खेलकुद क्षेत्रको विकासका लागि विद्यार्थी खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलकुद सामग्री समेत प्रदान गरेको बताए। सामाजिक काममा सक्रिय भएर जनताका माझ लोकप्रिय बनेका डिसी नेपाल विद्यार्थी संघ रुपन्देही जिल्लाका निवर्तमान सभापति पनि हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस