२०८२ मंसिर २२, सोमबार
नयाँ
पछिला अपडेट

देवचुलीको वडा कार्यालयमा चोरी भयो 

२०७८ माघ १९, बुधबार प्रकाशित ( साल अघि) १३५० पाठक संख्या

देवचुली । देवचुली नगरपालिकाको एक वडा कार्यालयमा चोरी भएको छ । देवचुलीको दलदलेमा रहेको वडा नं १३ को वडा कार्यालयको ताला फोडेर कार्यालयका केही सामग्री चोरी भएको वडाध्यक्ष डिलबहादुर खत्रीले बताएका छन् ।

मंगलबार राती वडा कार्यालयको ताला फुटाएर १ थान फोटोकपी मेसिन, वडाका अपाङ्गता व्यक्तिलाई बाढन राखिएको न्यानो कपडा ४ सेट र वडा कार्यालय सँगै रहेको स्वास्थ्य चौकीबाट ४ वटा पानी खाने गिलास चोरी भएको प्रहरीले जनाएको छ ।

आज बिहान कार्यालय समयमा पुगेका वडाध्यक्ष खत्रीले ताला फोडिएको अवस्थामा कार्यालय देखेपछि प्रहरीलाई सूचना गरेको बताए ।

प्रहरी सहितको टोलीले निरिक्षण गर्दा कार्यालयदेखि केही पर सानो जंगल जस्तो क्षेत्रमा न्यानो कपडामा टाँसिएको वडा कार्यालयको लोगो सहितको स्टिकर च्यातेर फालिएको अवस्थामा भेटिएको छ । चोरी भएका सामग्री भने फेला परेको छैन । चोरीमा संलग्नको खोजीकार्यमा प्रहरी लागेको जनाईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस