चोरमारा । नेपाली कांग्रेस मध्यविन्दुले वडास्तरमा पार्टीको संगठन बिस्तार अभियान थालेको छ । आगामी निर्वाचनहरूलाई ध्यानमा राखेर नेपाली काँग्रेस नवलपुरको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ ले टोलभेला कार्यक्रमलाई निरन्तरता दिदै संगठन बिस्तारमा जोड दिएको हो ।
पार्टीका नेताकार्यकर्ताको क्रियाशिलतामा संगठन बिस्तार, पार्टी सुदृढीकरण र बिकास निर्माणमा जनताको सक्रियता बढाउने उद्देश्य सहित थालिएको अभियानका क्रममा बुधबार मध्यविन्दुको वडा नम्बर ३ को लेढा, ईटौरा र ब्रह्मस्थान रतनपुरमा टोल कमिटी गठन गरिएको छ ।
सो वडाका सभापति सुभाष नेपालको सक्रियतामा बडाका बिभिन्न टोलहरुमा संगठन बिस्तारका कार्यहरु सम्पन्न गरिएको हो । लेढामा गेना राम महतोको सभापतित्वमा २३ सदस्यीय , ईटौरामा ऋषिराम महतो सभापतित्वमा २३ सदस्यीय र ब्रह्मस्थान रतनपुरमा होम बहादुर थारुको सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरिएको नेपाली कांग्रेस मध्यविन्दु नगर सचिव तिलक न्यौपानेले बताउनुभयो।
ईटौराका टोल सभापति ऋषिराम महतोले नेपाली काँग्रेसको संगठन बिस्तारमा आफू कटिबद्ध भईलागेर टोलमा काँग्रेसलाई मजबुद बनाई गाउका युवा शक्तिलाई समेत परिचालित गर्ने बताएका छन् । पार्टीले दिएको जिम्मेबारीलाई कुशलतापूर्बक निर्बाह गर्ने उहाँको भनाई रहेको छ ।
त्यस्तै स्थानिय काँग्रेस कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको संगठन बिस्तार कार्यक्रमको प्रशंसा गर्दै नगरपालिका अन्तर्गतका १५ वटै वडाका विभिन्न टोलहरुमा टोल कमिटी गठन गर्दै पार्टीको संगठन बिस्तार गर्नुपर्नेमा क्षेत्रीय सदस्य गुणाखर चापागाईले जोड दिनुभयो ।
कांग्रेसले अन्तर्कियासंगै सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै बिकास निर्माणकार्यमा सक्रियता बढाउने जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य ओमकुमारी माहतो, नवलपरासी स्थापनाक सभापति पूर्ण चन्द्र नेपाल, शिक्षक संघ पुर्ब केन्द्रीय सदस्य काशीराम पाठक, क्षेत्रीय सदस्य गुणाखर चापागाई, नगर सचिव तिलक न्यौपाने, नगर कोषाध्यक्ष टुरिष्ठा देवी गुरौ,प्रदेश सभाका सचिव अमर बहादुर महतो, पुर्ब महाधिवेशन प्रतिनिध तुलसा पाठक, साविक कोल्हुवाका पुर्ब सभापति बद्री नाथ नेपाल,पुर्ब प्रदेश सभाका सभापति धन सिंह चन्द बोहरा, क्षेत्रिय प्रतिनिधि छवि नेपाल , कृष्ण प्रसाद खानाल , रेशम मैनाली, गुणराज पौडेल,रेखा श्रेष्ठ , कृष्ण कुमारी महतो , सुमित्रा ढकाल , वडा २ का सभापति रेशमबहादुर थापा, पूर्व सभापति ढाकाराम पाठक, उपसभापति जगत राम थनेत लगायत नेपाली काँग्रेसका बिभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
वडामा नेपाली काँग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापित गराउन वडाभरीका प्रत्येक टोल टोलमा संगठन बिस्तार गने लक्ष्य रहेको र सोही अनुरुप कार्य भईरहेको वडा सभापति सुभाष नेपालले जानकारी दिनुभयो ।

