२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

दक्षिण अफ्रिकी मुलुकहरुमा आएको आँधीबाट ७० बढीकाे मृत्यु

२०७८ माघ १४, शुक्रबार प्रकाशित ( साल अघि) ९३० पाठक संख्या

एजेन्सी-दक्षिण अफ्रिकी मुलुकहरुमा आएको आँधीबाट ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दक्षिण अफ्रिकी मुलुकहरुमा केही दिनअघि उष्ण तटबन्धीय आँधी एना आएको थियो।

आँधीसँगै मुसलधारे पानीसमेत परेको थियो। जसका कारण दक्षिण अफ्रिकी मुलुक मोजाम्बिक, मलावी, मदागस्कर, जिम्वाबेका मानिसहरुको मृत्यु भएको छ।

मेडागास्करमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ र १ लाख ३० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। मलावीमा कम्तिमा ११ जनाको मृत्यु भएको छ।

त्यस्तै, मोजाम्बिकमा १८ जनाको मृत्यु भएको छ। तर, त्यहाँका अधिकारीहरूले बाढीबाट २० हजार प्रभावित भएकाले वास्तविक संख्या अझै अज्ञात रहेको बताएका छन्। देशभर विद्युत आपुर्ती बन्द भएको छ भने केही क्षेत्रहरूलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ।

आँधीका कारण मोजाम्बिकमा मात्र विद्यालय, अस्पतालसहित अन्य १० हजार घरहरु पूर्ण रुपमा क्षतीग्रस्त भएका छन् भने करिब २ लाखभन्दा बढी मानिस विस्थापित भएको बिबिसीले जनाएको छ। आँधीपछि स्थानीय सरकार र उद्वारकर्मीहरुले उद्वारकार्य जारी राखेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस