२०८२ चैत्र १३, शुक्रबार
नयाँ
पछिला अपडेट

राष्ट्रियसभा निर्वाचनमा आउँदै गरेको गाडी दुर्घटना, सांसद घाइते

२०७८ माघ १२, बुधबार प्रकाशित ( साल अघि) २२०१ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ ।

 

दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

 

सांसद चौधरी चढेको  बा २ झ ३४४४ स्कारपिओ  कालाकाटे नजिक दुर्घटनामा परेको रिजालले बताए ।  उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्। उनीहरुको उपचार दाडमा नै गर्ने जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस