२०८३ आश्विन ८, बिहिबार
नयाँ
पछिला अपडेट

सडकको नालीमा परेर गैँडा मर्‍यो

२०७८ माघ १०, सोमबार प्रकाशित ( ४ साल अघि) २५४७ पाठक संख्या

चितवन: पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ।

 

आज दिउँसो करिब ३:३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

 

 

 

उनका अनुसार, अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो। घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उनले जानकारी दिए।

 

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन्। जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%५%

प्रतिक्रिया दिनुहोस


↑