२०८२ कार्तिक ४, मंगलबार
नयाँ
पछिला अपडेट

पूर्व पश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेन्

२०७८ पौष १५, बिहिबार प्रकाशित ( साल अघि) १०२३ पाठक संख्या

कावासोती । बुधबार बिहानदेखि अवरुद्ध पूर्व पश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेको छैन ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोतीमा वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा राजमार्ग सन्चालनमा आउन नसकेको हो ।

सडक बिस्तारका क्रममा बनाइएको डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

राजमार्ग खुलाउने काम भइरहे पनि वर्षाले माटो भिज्दा निकै समस्या भइरहेको प्रहरी निरीक्षक सागर पन्तले बताए ।

राजमार्ग अवरुद्ध भएसँगै ठूला तथा मालबाहक सवारी साधन रोकिएका छन् भने साना सवारी साधन वैकल्पिक बाटो प्रयोग गरी आवतजावत गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस