२०८३ आश्विन ७, बुधबार
नयाँ
पछिला अपडेट

गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२०७८ मंसिर २५, शनिबार प्रकाशित ( साल अघि) १०४६ पाठक संख्या

नवलपुर, मंसीर २५ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। शनिबार गण्डकी भूगोल तर्फ पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।

बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको भन्दै मुख्यमन्त्री पोखरेलले आफूले उम्मेदवारी दिएको बताए।

उनी १२औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्।

सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दर्ता गराएका हुन्। मुलुकलाई अप्ठेरो परेका बेला निकास दिने नेपाली कांग्रेस नै भएकाले अबका चुनावमा प्रस्ट बहुमत ल्याउन त्यसैअनुसारको तयारी गरेर अगाडि बढ्नुपर्ने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस