२०८१ बैशाख १८, मंगलबार
नयाँ
पछिला अपडेट

स्वास्थ्य सेवा प्रदायकहरुसँग मितिनी नेपालको छलफल कार्यक्रम सम्पन्न

२०७८ मंसिर २१, मंगलबार प्रकाशित ( साल अघि) १७९३ पाठक संख्या

काठमाण्डौ । यौनिक तथा लैङ्गिक अल्पसख्यकहरुको मानव अधिकारमा पैरवी गर्दै आइरहेको मितिनी नेपालले मंगलवार स्वास्थ्य सेवा प्रदान गर्ने सस्थाहरुसँग छलफल गरेको छ ।

कार्यक्रममा मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले,“ समुदायमा अझैसम्म पनि एल.जि.बि.टी.आइ.को बारेमा जानकारी नभएको र परिणामश्वरुप विभिन्न समस्याहरु खेप्नु परेको गुनासो गर्नु भयो साथै घालनले यौनिक तथा लैङ्गिक अल्पसख्यकहरु स्वास्थ्य सेवा लिन जाँदा अनेकन तरहका प्रश्नहरु र स्वास्थ्य फारममा समेत महिला र पुरुष मात्रै कोड भएको कारणले पनि समस्यामा परिरहेको जिकिर गर्नु भयो । त्यसैगरी मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता के।सी।ले, “यौनिक तथा लैङ्गिक अल्पसख्यक समुहले सम्वैधानकि अधिकार प्राप्त गरेता पनि सामाजिक अधिकार र न्याय प्राप्त गर्न नसकेको तथा समाजमा विध्येमान भेदभावपूर्ण व्यवहारको शिकार यौनिक तथा लैङ्गिक अल्पसख्यकहरु बन्न पुगेको दुखेसो व्यक्त गर्नु भयो ।

Received_633491297804243

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकि हेल्थ इनचार्ज दुर्गा अधिकारीले,“कोभिड १९ को भ्याक्सिन लिने क्रममा राज्यले तोकेको कानूनि मापदण्डका कारण यौनिक तथा लैङ्गिक अल्पसख्य समुहका लाइ सेवा दिन गाहरो भएको” बताउनु भएको थियो । यसर्थ संविधानले नै सुनिश्चित गरेको स्वास्स्थयमा पहुँच तथा आधारभूत मानव अधिकारबाट समेत यौनिक तथा लैङ्गिक अल्पसख्यक समुह बञ्चित हुनु परेको कार्यक्रममा बताइएको छ ।

कार्यक्रममा ब्लुडाइमण्ड सोसाइटिकि टिना राइले, समाजिक न्याय पाउँन कठिन भएको बताउदै आफ्नो समुदाय सरकारी निकायहरुबाट समेत अपहेलित हुन पुगेको गुनासो गर्नुका साथै विना कसुर प्रहरीले पक्राउ गर्ने जस्ता हैरानी समेत खेपेको बताउनु भएको थियो । सोहि कार्यक्रममा निलम पौडेलले आफु स्वास्थ्य समस्या लिएर अस्पतालमा जाँदा त्याँहा कार्यरत चिकित्कस तथा नर्सहरुले सकारात्मक व्यवहार नगरेको उल्टै चिकित्सकहरु हामीसँग बोल्न हिचकिचाउने गरेको बताउनु भयो ।

स्वास्थ्य प्रदायक क्षेत्रहरुलाइ एल।जि।बि।टि।आइ मैत्रि बनाउने र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार , एचआइभि लगायतका विषयमा जानकारी दिने उद्देश्यले गरिएको उक्त कार्यक्रममा काठमाण्डौ र भक्तपुरमा अवस्थित विभिन्न सरकारी तथा नीजि स्तरका क्लिकमा कार्यरत कर्मचारी, स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो ।

मितिनी नेपाल सन २००५ मा स्थापना भएको एक समाजिक सस्था हो । यौनिक तथा लैङ्गिक अल्पसंखयक समुदायहरुको मानव अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्ने सम्मानित जीवन जिउन समाजिक,सास्कृतिक आर्थिक, कानूनी तथा राजनैतिक अधिकार सहितको समतामूलक समाज निर्माण गर्ने मितिनी नेपालको उद्देश्य रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस