२०८३ जेष्ठ १२, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु  

२०७८ मंसिर १३, सोमबार प्रकाशित ( साल अघि) ६९३६ पाठक संख्या

कावासोती । बाघको आक्रमणबाट नवलपुरमा एकजना मृत्यु भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका – १ घुम्टी बस्ने ६३ वर्षीय जित बहादुर बिक विनयी सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त वन रेखदेख गर्ने बिक शनिबार दिउँसो घरबाट निस्किएकोमा साँझसम्म नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा बाघले आक्रमण गरी शरीरको केही भाग खाएको अवस्थामा उनको शव फेला परेको हो ।

उनको शव मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आइतबार नै आफन्तको जिम्मा लगाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१४%२%२%८३%३%

प्रतिक्रिया दिनुहोस