२०८२ बैशाख ३०, मंगलबार
नयाँ
पछिला अपडेट

१६ वर्षीय अर्जुन शाह कोभिड हिरोजबाट सम्मानित

२०७८ आश्विन २८, बिहिबार प्रकाशित ( साल अघि) ९६४ पाठक संख्या

काठमाण्डौ । प्रदेश २ का १६ वर्षीय अर्जुन शाह कोभिड हिरोज अवार्डबाट सम्मानित भएका छन ।

राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर वल्र्ड भिजन इन्टरनेशनलको सहयोग र कान्सोर्टियम नेपालको आयोजनामा गत असोज २१ गते काठमाण्डौमा भएको एक कार्यक्रममा शाह लगायत ८ जना बालबालिका अवार्डको साथ नगद पुरस्कार ३५०० सहित सम्मानित भएका हुन ।

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष तथा गाउँ बाल सञ्जाल सखुवा प्रसौनीका अध्यक्ष समेत रहेका शाहले कोरोना माहामारीमा नागरिक र बालबालिकाहरुलाइ संक्रमण बाट बच्न जनचेतनामूलक कार्य गरेको साथै रक्तदान कार्यक्रम,कोभिड विरुद्धको खोप कार्यक्रममा स्वयमसेवकको रुपमा काम गरेका थिए । यसैगरी विभिन्न कार्यक्रम मार्फत मास्क प्रयोग र हात धुने स्टल समेत सञ्चालन गरेका थिए ।

पुरस्कारले आफुलाइ हौसला तथा जिम्मेवारी बढाएको शाह बताउछन । बालबालिकाको उत्थान र अधिकारको लागि सहकर्मीहरुलाइ समेत अभियानमा लाग्न आग्रह गरेका छन । यसैगरी शाहले बालबालिका सम्बन्धि दश वर्षे राष्ट्रिय रणनीति कार्य योजना तथा नीति निर्माणका राष्ट्रिय भेलामा सहभागि भइ पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोलाइ हस्तान्तरण गरका थिए ।

त्यसैगरी प्रदेश स्तरीय बालबालिका युवा तथा खेलकुद मन्त्रालययले आयोजना गरेको प्रदेश बालबालिका सम्बन्धी कार्य विधि २०७८ को प्रारम्भिक मस्यौदा माथि छलफल कार्यक्रममा सहभागि भै प्रदेशका बालबालिकाहरुको अवस्थाको बारेमा सवाल उठाएका थिए ।

अर्जुन शाह पढाइमा समेत जेहेन्दार विद्यार्थी हुन उनी काठमाण्डौ स्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छन । कोभिड रोकथाममा योगदान पुराए वापत देशभरीका ८ बालबालिका कोभिड हिरोजबाट सम्मानित गरिएको कान्सोर्टियम नेपालका कार्यक्रम व्यवस्थापक गौरव के।सी।ले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस