२०८३ श्रावण १९, मंगलबार
नयाँ
पछिला अपडेट

भरतमणि पौडेल बने कमेडी च्याम्पियन

२०७८ आश्विन ३, आईतबार प्रकाशित ( साल अघि) ३२३६ पाठक संख्या

काठमाडौं – कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणि पौडेल बनेका छन्। बिक्की अग्रवाल दोस्रो बनेका छन् भने तेस्रो बनेका छन् सन्तोष थापा।

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा र पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर निकै चर्चामा आएका पौडेलले उपाधिसँगै कार र २५ लाख नगदसमेत पाएका छन्। आफ्नो भोगाइ मिसाएर समयसान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले रूचाएका छन्।

यस्तै, दोस्रो भएका भारत सिक्किमका बिक्की अग्रवालले मोटरसाइकल पाए। तेस्रो बनेका सन्तोषले स्कुटर हात पारे।

विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटीबाट प्रशारण हुँदै आएको छ। यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् भने शोलाई रिमा विश्वकर्माले होस्ट गर्दै आएकी छन्।

कमेडी च्याम्पियनको पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस