२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाको आक्रमणबाट महिलाको मृत्यु

२०७८ भाद्र १६, बुधबार प्रकाशित ( साल अघि) १९९० पाठक संख्या

चितवन ।  पश्चिम चितवनको जगतपुरमा गैंडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २३ कि ३८ वर्षिया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ ।

कार्यालयका अनुसार स्थानिय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० वजे गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट गम्भिर घाईते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनो दिउँसो ३ः२५ वजे मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%६%१%

प्रतिक्रिया दिनुहोस