२०८२ माघ ७, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागूऔषध सहित दुईजना पक्राउ

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) १९५५ पाठक संख्या

कावासोती । पुर्ब नवलपरासीको कावासोतीबाट प्रहरीले अवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीले गरेको चेकजाँचका क्रममा नुफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुलसहित लागू औषध कारोबार गर्ने दुईजना पक्राउ परेका हुन् ।

पश्चिमबाट पूर्वतिर गरिरहेको  बा ४ ख ६७७० नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा झोलामा राखेर ल्याइएकोे लागूऔषधसहित कास्कि पोखरा महानगरपालिका ९ बस्ने २३ वर्षीय आशिष गुरुङ र १९ वर्षिय मेनुका परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

पक्राउ परेका दुवैलाई सोमबार नै  जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको नवलपरासी पुर्बका सूचना  अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिए ।

पक्राउ परेका दुवैले आफुहरुले लागूऔषध पोखरा पु-याएर बेच्ने गरेको प्रारम्भिक बयानमा बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%१%१%१%

प्रतिक्रिया दिनुहोस