२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) १२४१ पाठक संख्या

काठमाडौँ– नेपाल आयल निगमले  पेट्रोल, मट्टितेल, डिजल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँले मूल्य बृद्धि गरेको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजल/मट्टितेल प्रतिलिटर १ सय १३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटर भएको छ।

यसैगरी खाना पकाउने एलपी ग्यास २५ रूपैयाँले बढेर १४ सय ५० भएको छ।

साथै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १७ डलरले बढेर ७७० डलर भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस