२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरको दाउन्नेबाट अबैध कपडा बरामद

२०७८ श्रावण २७, बुधबार प्रकाशित ( साल अघि) २४४७ पाठक संख्या

कावासोती । नवलपुरको दाउन्नेबाट प्रहरीले अवैध कपडा नियन्त्रण नियन्त्रणमा लिएको छ ।

बिनयी त्रिबेणी गाउँपालिका वडा नं। २ दाउन्ने बजार स्थित पूर्व पश्चिम मुख्यमार्गका चेकजाँजका क्रममा प्रहरीले मंगलवार भन्सार छलेका अवैध सामान बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ आउदै गरेको लु १ ज ३२०८ नम्बरको विङगर गाडीमा सामान फेला परेको हो ।

प्रहरीले तन्ना २३ थान, सुती साडी ४३ पिस, लुङगी ३५ पिस, सल ५३ पिस, कुर्था सुरुबाल ५२ पिस, नेताजी गम्छा ७० पिस, चुन्नी, ६२ पिस, सिल्की साडी ११ थान, धोती पट्टा २६ पिस, दोसल्ला १० पिस, लुङगी थान कपडा ४० मिटर, मखमल ४ साडी, कुर्थीस– ५ पिस, साडी बलाउज ११ सेट, थान कपडा ३७८ मिटर, कुर्था कपडा ४६८ मिटर, भेल्बेट कपडा १०० मिटर, धजा कपडा २७९ मिटर, व्लाउज कपडा १६ मिटर, सर्ट कपडा ४२ मिटर, साडी कपडास– ३० मिटर वरामद गरी अनुसन्धानमा राखिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%४%२%२%३%

प्रतिक्रिया दिनुहोस