२०८१ बैशाख १८, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनमा आज २३१ जनामा कोरोना सङ्क्रमण पुष्टि , एक जनाको मृत्यु

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) ७३६ पाठक संख्या

चितवन  । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा यहाँ १ सय ९५ जनाले कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कीएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना सक्रमण पुष्टि हुनेमा ७७ जना एन्टिजिन बिधिबाट र १ सय ५४ जना पिसिआर बिधिबाट पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय सक्रमितको संख्या २ हजार ३ सय ५७ जना पुगेको छ । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका अस्पतालमा उपचारमा आएका मध्ये एक जनाको मृत्यु भएको छ ।

चितवन मेडीकल कलेजमा उपचारका क्रममा जिल्लाकै एक जनाको मृत्यु भएको हो । जिल्लामा हाल सम्म १९ हजार ३ सय ५३ जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् । यस्तै २ हजार १ सय ७० जना होम आईसोलेसनमा रहेका छन् भने १७६ जना अस्पतालमा उपचार रत रहेका छन् । ११ जना सर्बाजनीक आइसोलेसनमा रहेका छन् । आज सम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण ३ सय ५० जनाको मृत्यु भई सकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस