नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा २२ जना नयां सक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ९, कावासातीका २, मध्यविन्दुका ८, विनयी त्रिवेणीका ३ जना रहेका छन् ।
त्यसैगरी निको हुनेको सख्या भने ६२ रहको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । सक्रिय संक्रमित ७ सय १४ रहेको छ भने आईतबार थप १ जनाको मृत्यु भए संगै जिल्लामा मृत्यु हुनेको सख्या हाल सम्म १ सय ४७ पुगेको छ ।