चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
यहि साउन २५ गते सोमबारका दिन बिश्व आदिबासी दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै नगरपालिकाको कार्यपालिकाको वैठकबाट पारित निर्णय अनुसार भोलि परेको विश्व जनजाति दिवसको अवसरमा नगरपालिका भित्र सार्वजनिक विदा दिएको जनाएको छ ।
गत बर्ष गण्डकी प्रदेश सरकारले निर्णय गरि सार्वजनिक बिदा दिएपनि यसबर्ष नगरपालिकाले नै सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिएर सम्मान गरेकोले नगरका सम्पूर्ण आदिबासीहरु खुशी भएका छन् ।

