२०८२ चैत्र १९, बिहिबार
नयाँ
पछिला अपडेट

न्यु हरियाली सामुदायिक वनमा नयाँ नेतृत्वका लागि चैत २१ मा निर्वाचन

२०८२ चैत्र १९, बिहिबार प्रकाशित ( घण्टा अघि) ८५ पाठक संख्या

शिव न्यौपाने
नवलपुर । न्यु हरियाली सामुदायिक वन उपभोक्ता समूह मध्यविन्दु ४ र ५ का लागि नयाँ कार्यसमिति चयनका लागि यहि चैत्र २१ गते निर्वाचन हुने भएको छ । निर्वाचन मण्डलले उम्मेदवारको चिन्ह सहित अन्तिम नामावली समेत प्रकाशन गरिसकेको छ।

निर्वाचन मण्डलका संयोजक सतिश राईका अनुसार अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ। विष्णुप्रसाद न्यौपाने र जित नारायण महतो अध्यक्षका दावेदार हुन्

यस्तै नविना थापा मगर र राजकुमार श्रेष्ठ उपाध्यक्ष पदका दावेदार हुन्। त्यस्तै तुलसा मल्ल र तिलकुमारी महतो कोषाध्यक्ष पदका दावेदार हुन्।

सचिव पदमा पनि दुईजनाको उम्मेदवारी परेको छ। यमकुमारी महत्तो र कमला रिमाल सचिवका उम्मेदवार हुन्। यस्तै सहसचिवमा कुसुम महत्व र ज्ञानकुमारी महत्वको उम्मेदवारी परेको छ यस्तै लेखा संयोजक पदका लागि कान्तमणि चौधरी र धनबहादुर खत्री क्षेत्री दुई जनाको उम्मेदवारी परेको छ।

कार्यसमिति सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको छ भने लेखा समिति सदस्य पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। गत पुसको १९ गते भएको साधारण सभाबाट अधिवेशन हुन नसकेपछि चुनाव हुने स्थिति सिर्जना भएको हो । चुनाव चैत्र २१ गते बिहान ८ बजेबाट सस्थाको आफ्नै प्रांगण हुँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस