२०८२ फागुन १६, शनिबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटमा कांग्रेस लहर, एमालेका नेता कार्यकर्ता धमाधम प्रवेश

२०८२ फागुन १६, शनिबार प्रकाशित ( घण्टा अघि) ८२ पाठक संख्या

हुप्सेकोट । नवलपुर निर्वाचन क्षेत्र नं: २ अन्तर्गत पर्ने हुप्सेकोटमा प्रतिनिधिसभा उम्मेदवार पाएसँगै चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको छ। हुप्सेकोट १ निवासी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती मगर को उम्मेदवारीसँगै हुप्सेकोटमा कांग्रेसप्रति थप आकर्षण बढ्दै गएको देखिएको छ।

यसैबीच हुप्सेकोट गाउँपालिकाका वडा नं १, २ र ६ मा आयोजित फरक–फरक कोण सभामा नेकपा एमाले परित्याग गरी ठूलो संख्यामा नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

वडा नं १ मा मङ्गल तामाङको नेतृत्वमा, वडा नं २ मा भक्तबहादुर रानाको नेतृत्वमा तथा वडा नं। ६ मा युवा संघका नेता प्रेमबहादुर गाहाको नेतृत्वमा विकास सिंजाली सहितका एमाले नेता–कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका कांग्रेस हुप्सेकोटका सभापति बलबहादुर रानाले बताए ।

नवप्रवेशीलाई नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा बोल्दै महामन्त्री लामिछाने र कांग्रेस उम्मेदवार ओमबहादुर घर्तीले कांग्रेस जनताको भरोसाको पार्टी भएकाले विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेशको क्रम बढ्दै गएको बताए ।

कार्यक्रममा उम्मेदवार घर्तीले हुप्सेकोट आफ्नै जन्मभूमि भएको उल्लेख गर्दै “हुप्सेकोटको छोरालाई संसदमा पठाउन पार्टीभन्दा माथि उठेर मतदान गर्न” मतदातासँग अपिल गरे। उनले विकास, रोजगारी, पूर्वाधार र सुशासनका लागि आफू सधैं जनतासँगै रहने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय नेता–कार्यकर्ताका अनुसार निरन्तर पार्टी प्रवेश, युवाको सक्रियता र स्पष्ट एजेन्डाका कारण हुप्सेकोटमा कांग्रेसको चुनावी माहोल थप बलियो बन्दै गएको छ। विभिन्न वडामा देखिएको यो राजनीतिक परिवर्तनले नवलपुर–२ मा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको उनीहरूको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस