२०८२ पौष ३०, बुधबार
नयाँ
पछिला अपडेट

एमाले मध्यविन्दु नगर कमिटिद्वारा माघी संक्रान्ति शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०८२ पौष ३०, बुधबार प्रकाशित ( घण्टा अघि) ५८ पाठक संख्या

कोल्हुवा । नेपाल कम्युनिस्ट पार्टी एमाले मध्यविन्दु नगर कमिटिद्वारा माघी संक्रान्ति पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

मध्यविन्दु नगरपालिका वडा नम्बर २ को वडा कार्यालय पछाडि रहेको खेल मैदानमा आयोजित कार्यक्रममा नगर कमिटि अध्यक्ष टिकाराम पाण्डेको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा केन्द्रीय कमिटि सदस्य तथा नवलपुर इन्चार्ज तिलक महत प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

IMG 20260114 WA0003

कार्यक्रममा राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय कमिटि सदस्य किरण पौडेल र गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य तथा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी विशेष अतिथि रहनु भएको थियो। उपप्रमुख पूर्णकला चौधरी, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्य, नगर कमिटि सदस्य तथा राष्ट्रिय युवा संघका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा पार्टी प्रवेश गरेका मध्यविन्दु नगरपालिका भित्रका ५० जना जेन जि युवाहरूलाई बधाई तथा स्वागत गरिएको थियो। माघी पर्वको अवसरमा थारु समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिँदा कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो।

IMG 20260114 WA0001

कार्यक्रममा जिल्ला कमिटि प्रतिनिधि भिम कंडेल, नगर प्रमुख भिमलाल अधिकारी, केन्द्रीय कमिटि सदस्य किरण पौडेल र केन्द्रीय कमिटि सदस्य तिलक महतले शुभकामना मन्तव्य राख्नु भएको थियो। उपप्रमुख पूर्णकला चौधरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण नगर कमिटि सचिव कृष्ण गैरेले गर्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस