२०८२ फागुन २४, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा बाघको आक्रमणबाट एकजना घाइते

२०८२ मंसिर २१, आईतबार प्रकाशित ( महिना अघि) ७९३ पाठक संख्या

कावासोती । कावासोती नगरपालिका–१५ शेरगन्जका ३७ वर्षीय मुकुन्द अधिकारी बाघको आक्रमणबाट घाइते भएका छन्।

आज दिउँसो करिब १स्०० बजे भएको हो। गुन्द्रही मध्यवर्ती ढकाहा सामुदायिक वनमा घाँस काट्न गएका बेला अचानक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणबाट उनको बायाँ हातको कुहिनामा चोट लागेको छ। घाइते अधिकारीलाई तत्काल उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा ल्याइएको थियोे । हाल उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस