कावासोती । नवलपुरको कावासोती नगरपालिका–१३ लौखनीकी ५८ वर्षीया जुलिया महतो गैंडाको आक्रमणमा परि घाइते भएकी छन्।
आज दिउँसो करिब १ बजेर ५५ मिनेटमा आफ्नै घर नजिक रहेको नमुना सामुदायिक वनमा दाउरा काट्न गएकी महतोमाथि गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणबाट उनको बाँया खुट्टाको पिँडुला, कम्मर, दाहिने हात र पेटमा चोट लागेको छ। उनी प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएकी थिइन्। गम्भीर चोट लागेकाले उनलाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।