२०८२ भाद्र ६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु कांग्रेसका युवा नेता दोमन भण्डारी रास्वपामा प्रवेश

२०८२ भाद्र ६, शुक्रबार प्रकाशित ( घण्टा अघि) ४५५ पाठक संख्या

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नेपाली कांग्रेसका सक्रिय युवा नेता दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) मा प्रवेश गरेका छन् । केही दिनअघि नै रास्वपामा प्रवेश गरे पनि उनले शुक्रबार मात्र आफ्नो राजनीतिक यात्रा सार्वजनिक गरेका हुन् ।

भण्डारीको प्रवेशबारे रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

नेपाली कांग्रेसबाट सक्रिय युवा नेता भण्डारी नगरपालिका र जिल्ला दुवै तहमा परिचित नेता मानिन्थे । अब भने उनले रास्वपाबाट राजनीतिक यात्रालाई अघि बढाउने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%३%१%

प्रतिक्रिया दिनुहोस