मध्यविन्दु । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ तमासपुरस्थित नारायणी नदीमा एक बालकको शव फेला परेको छ ।
बागमती प्रदेश विपद् व्यवस्थापन बेस क्याम्प चितवनबाट खटिएको पाँच जनाको टोलीले आइतबार दिउँसो करिब २ बजे नदीको बीच भागमा अन्दाजी १०-१२ वर्षका बालकको शव फेला पारेको प्रहरीले जनाएको छ।
फेला परेको शवलाई टोलीले इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरबाट पुगेको प्रहरीलाई जिम्मा लगाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।