२०८२ श्रावण २९, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा महिनावारी स्वच्छता तथा पुनःप्रयोग योग्य प्याड बनाउने तालिम सम्पन्न

२०८२ श्रावण २९, बिहिबार प्रकाशित ( घण्टा अघि) ९३ पाठक संख्या

कावासोती । अन्तर्राष्ट्रिय युवा दिवस अगस्ट १२ को अवसरमा मध्यविन्दु नगरपालिका–९ स्थित गौरीशंकर आधारभूत विद्यालयमा अभिभावकहरूलाई महिनावारी स्वच्छता तथा पुनःप्रयोग योग्य प्याड बनाउने तालिम सम्पन्न गरिएको छ।

मध्यबिन्दु नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग तथा मध्यविन्दु–९ वडा कार्यालयको समन्वयमा गरिएको कार्यक्रम अधिकृत राधादेवी बोटेले बताउनु भयो ।
किशोरी अभियन्ताहरु सजिना अधिकारी र रितु घर्ती मगरले सहजीकरण गर्दै महिनावारीबारे बुझाइ, स्वच्छताको महत्व, महिनावारीको समयमा ध्यान दिनुपर्ने पक्ष, घरायसी र बजारिया प्याडको फाइदा–बेफाइदाबारे विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालकी कार्यक्रम अधिकृत राधा देवी बोटेले संस्थाले किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत ३० जना साथी शिक्षकमार्फत विद्यालय र समुदायमा अभिभावक, बालबालिका र किशोरीहरूलाई विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको जानकारी दिइन्। तालिमका सहभागी लक्ष्मी अर्यालले किशोरीहरूले अभिभावकसँग समन्वय गर्दै महिनावारी स्वच्छताको विषयमा जानकारी दिनुका साथै घरमै प्याड बनाउन सिकाएकोमा खुशी व्यक्त गर्नुभयो ।

अभिभावक सम्झना श्रेष्ठले आमा समुहको लागि यस्तो तालिम आयोजना गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा आमा समूहका पदाधिकारी, अभिभावक, साथी शिक्षक, किशोरीहरु गरि २५ जनाको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस