२०८२ श्रावण २६, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रक–स्कुटर ठक्कर, दुईको मृत्यु

२०८२ श्रावण २५, आईतबार प्रकाशित ( घण्टा अघि) ६१३ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–१० सिस्नेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ ट्रक र स्कुटर ठोक्किँदा ट्रक चालकसहित दुईजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करपछि ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक र ट्रक चालक दुवैजनालाई च्यापिएको अवस्थामा फेला पारिएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय रजहरका निरीक्षक सुदिप भण्डारीको कमाण्डमा १० जना र जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो।

स्कुटरको डिक्कीमा फेला परेको बिलबुकका आधारमा मृतक स्कुटर चालक नवलपुर कावासोती नगरपालिका–३ का ५२ वर्षीय दलबहादुर सुनार (बी.के.) भएको खुलेको छ।

त्यस्तै, ट्रकमा फेला परेको चालक अनुमतिपत्र अनुसार मृत चालक बारा परवानीपुर गाउँपालिका–१ का ३५ वर्षीय रिजवान मियाँ रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी नेपालले बताए । प्रहरीका अनुसार दुवै मृतकको औपचारिक सनाखत प्रक्रिया जारी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%५%१%

प्रतिक्रिया दिनुहोस