२०८२ श्रावण १७, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खसेर एक पुरुषको मृत्यु

२०८२ श्रावण १७, शनिबार प्रकाशित ( घण्टा अघि) ४०७ पाठक संख्या

कावासोती । नवलपुरको गैडाकोट नगरपालिका १४ नगरटाँडी स्थित भित्री सडकबाट २० मिटर तल खोल्सामा खसेर एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार खोल्सामा खसेर आज विहान देवचुली नगरपालिका १६ रहजर निवासी ५१ बर्षीय किसान न्यौपानेको मृत्यु भएको हो ।

स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै साइकल फेला परेको र उनी साइकलबाट खोल्सामा खसेको हुन सक्ने अनुमान प्रहरीको छ ।

उनी एउटा तारजाली कारखानामा कार्यरत मजदुर हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस