२०८२ चैत्र ११, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अज्ञात पुरुषको शव फेला

२०८२ श्रावण ५, सोमबार प्रकाशित ( महिना अघि) ८८१ पाठक संख्या

कावसोती । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित साइफोन नजिकै पश्चिम गण्डक नहरको ३ नम्बर ढोकामा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शव सोमबार बिहान घोप्टो परेको अवस्थामा फेला परेको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार शवको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। शवलाई पानीबाट बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस