२०८२ श्रावण ५, सोमबार
नयाँ
पछिला अपडेट

नेपाल प्रहरी र ओसिएमसीबीच सेवा प्रवाहबारे छलफल कार्यक्रम सम्पन्न

२०८२ श्रावण ५, सोमबार प्रकाशित ( घण्टा अघि) ७४ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरी र एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)  बीच लैङ्गिक हिंसा पीडितहरूका लागि सेवा प्रवाह विषयमा काठमाडौंमा छलफल कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रहरी तथा सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले ओसिएमसीका सेवा प्रणालीबारे समुदायमा जानकारी पुग्नुपर्ने र यस्ता सेवा पीडितलाई न्यायमा पहुँच पुर्‍याउन सहयोगी हुने बताउनुभयो।

Messenger_creation_95F6E730 AC09 4C39 827B 6DEA0D498A8F

कार्यक्रममा प्रहरी निरीक्षक सरस्वती कार्कीले लैङ्गिक हिंसाको अवस्थाबारे जानकारी दिँदै हालका घटनाहरूको स्वरूप परिवर्तन भई पुरुषहरू समेत पीडित हुने क्रम बढेको, लिभिङ टुगेदरपछि जबर्जस्ती करणीका मुद्दा बढेको र कानुनले सम्बोधन नगरेका घटना पनि देखा पर्न थालेको बताउनुभयो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का प्रतिनिधि कृष्ण गौतमले मानव अधिकारको संरक्षणका लागि प्रहरी र नागरिक दुवैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। शुभ अवसर ग्राम नेपालकी रञ्जना शर्माले मानव बेचबिखन पीडितमाथि पर्ने मानसिक असर र संस्थाले गरिरहेको सहयोगबारे जानकारी दिनुभयो।

थापाथली प्रसूति गृहस्थित ओसिएमसी प्रतिनिधि सुकुलामाले अस्पतालमा आधारित एकद्वार सेवा २४ घण्टा सञ्चालनमा रहेको र प्रहरीमार्फत आउने केसहरूको संख्या बढ्दै गएको बताउनुभयो। हाल काठमाडौं जिल्लामा थापाथली प्रसूति गृह, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल र टेकु अस्पतालमा ओसिएमसी सेवा उपलब्ध रहेको जानकारी दिइएको थियो।

कार्यक्रम समापन गर्दै प्रहरी उपरीक्षक कुलदीप चन्दले ओसिएमसी सेवालाई अझ प्रभावकारी बनाउँदै लैङ्गिक हिंसा विरुद्धको अभियानमा प्रहरी र नागरिकको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रम इन्सेक र शुभ अवसर ग्राम नेपालको सहकार्यमा सम्पन्न भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस