२०८२ श्रावण २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सवारी दुर्घटना, एक महिलाको मृत्यु दुई घाइते

२०८२ श्रावण २, शुक्रबार प्रकाशित ( घण्टा अघि) ५३६ पाठक संख्या

मध्यविन्दु । नवलपुरको हुप्सेकोटमा गएराति मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

हुप्सेकोट गाउँपालिका–३ स्थित भुपती चोकको भित्री सडकखण्डमा गिरुवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले सोही दिशामा पैदल हिँडिरहेकी ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेकी सिग्देलको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुर्घटनामा घाइते भएकी ३५ वर्षीया इन्दिरा कोइरालालाई प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज रेफर गरिएको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक हुप्सेकोट–२ का निशान सिंह ठकुरी पनि दुर्घटनामा घाइते भएका छन्। उनलाई स्थानीय मेडिकलमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस