२०८२ अषाढ १५, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका ३४ युवाले सूचना प्रविधि तालिम लिए  

२०८२ अषाढ १२, बिहिबार प्रकाशित ( दिन अघि) २४९ पाठक संख्या

नवलपुर – सूचना प्रविधिमा युवाको पहुँच र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नवलपुरमा ३४ जना युवालाई तालिम प्रदान गरिएको छ। कावासोतीस्थित शिव माध्यमिक विद्यालयमा असार २ गतेदेखि ११ गतेसम्म सञ्चालित ‘क्ष्ऋत् बुट क्याम्प तथा जब फेयर’ सफलतापूर्वक सम्पन्न भएको हो।

सामाजिक विकास कार्यालय, नवलपुरको आयोजनामा तथा विद्यालयको सहकार्यमा आयोजित उक्त तालिममा जिल्लाका आठवटै स्थानीय तहबाट छनोट गरिएका युवाहरूले सहभागी जनाएका थिए। तालिममा सूचना प्रविधिका आधारभूतदेखि व्यवहारिक सीपसम्म प्रशिक्षण दिइएको थियो।

तालिमको उद्घाटन तथा समापन प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उनले प्रविधि र सीप विकास युवालाई आत्मनिर्भर बनाउने मूल आधार भएको उल्लेख गरे। कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद पाण्डे अध्यक्ष थिए।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख प्रकाश देवकोटाले सूचना प्रविधिले युवाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। तालिममा सामाजिक विकास कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेललगायतको उपस्थिति रहेको थियो।

तालिमका विभिन्न सत्रहरू इन्जिनियर रिपेस अधिकारी, योगेश रायमाझी र केशव मैनालीले सञ्चालन गरेका थिए। तालिमको अन्त्यमा सिकाइ मूल्यांकन गरिँदै उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो। सुमित चापागाईं प्रथम, अर्जुन सापकोटा द्वितीय, दिया बराल तृतीय तथा माधव नेपाल र राजु राना मगर सान्त्वना स्थानमा परेका थिए।

सहभागीहरूका अनुसार तालिमले आफूहरूमा आत्मबल, सीप र प्रविधिप्रतिको रुचि अभिवृद्धि गरेको छ। सामाजिक विकास कार्यालयको सक्रियता र विद्यालयको सहकार्यमा सम्पन्न कार्यक्रमले प्रविधि–मैत्री वातावरण निर्माणमा टेवा पुगेको धारणा सहभागीहरूले राखेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस