२०८२ अषाढ ९, सोमबार
नयाँ
पछिला अपडेट

नारायणगढ–बुटवल सडक खण्ड ठप्प, विकल्प सडक पनि बन्द

२०८२ अषाढ ९, सोमबार प्रकाशित ( घण्टा अघि) १५२ पाठक संख्या

नवलपुर । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत विनयी खोलामा डाइभर्सन बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक मार्गसमेत बाढीले अवरुद्ध बनाएको छ।

डाइभर्सन बगेर आवतजावत रोकिएपछि साना तथा मध्यम सवारीलाई दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेट हुँदै वैकल्पिक सडकमार्ग प्रयोग गरिँदै आएको थियो। तर, सोमबार बिहान विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खरङ्गे खोलामा पानीको बहाव तीव्र भएपछि सो मार्गसमेत बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक डीएसपी मधु नेपालका अनुसार डाइभर्सन बगेसँगै सवारी होल्डमा राखेर वैकल्पिक बाटो प्रयोग गरिएको थियो। तर, खरङ्गे खोलाको बहावले त्यही मार्ग पनि बन्द भएपछि होल्डमा रहेका सवारी साधनलाई सुरक्षित स्थानमा राखिएको छ । लगातारको वर्षापछि खोला नदि जोखिमयुक्त बन्दै गएपछि पूर्व–पश्चिम आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस