२०८२ अषाढ ४, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा बसको ठक्करबाट स्कुटर चालक महिला घाइते

२०८२ अषाढ ४, बुधबार प्रकाशित ( घण्टा अघि) ४६८ पाठक संख्या

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ थकाली चोकमा बसको ठक्करबाट एक महिला घाइते भएकी छन्। बिहान  ११:४५ बजे तिर बाटो क्रस गर्दै गरेकी स्कुटर चालकलाई बसले ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २३९१ नम्बरको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको बा.प्र.०४–००१ प ९२०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटर चालक मध्यविन्दु नगरपालिका–७ चोरमारा निवासी २१ वर्षीया अमिसा मल्ल घाइते भएकी छन्। उनको दायाँ हात र खुट्टामा चोट लागेको छ।

घाइते मल्लको कालीगण्डकी अस्पताल कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर, चितवन रिफर गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस