चोरमारा । नवलपुरको मध्यविन्दु–८ रानीटारमा अटो र मोटरसाइकल ठोक्किँदा ४ जना घाइते भएका छन्।
ग.प्र.०४–००१ ह ०३५६ नम्बरको अटो र बा ४६ प ४५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक १७ वर्षीय शिशिर श्रेष्ठ, अटोमा सवार ४२ वर्षीय सन्तबहादुर कुमाल, २७ वर्षीय बालकुमार महतो र ४ वर्षीय इशान महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
त्यसैगरी देवचुली–३ बौलाहा खोलामा लु ३७ प ५८५२ नम्बरको सवारीले ठक्कर दिँदा पैदल यात्री ४८ वर्षीया मधु गैरे घाइते भएकी छन्।