२०८३ श्रावण २०, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ९० वर्षीय वृद्धद्वारा श्रीमतीको रड प्रहार गरी हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका–३ आम्बासमा एक वृद्धले आफ्नै श्रीमतीको रड प्रहार गरी हत्या गरेका छन्।

९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया पत्नी जमुना थापालाई फलामको रडले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घटना गएराति करिब ९:२० बजे भएको हो । प्रहरीका अनुसार दिलबहादुर थापा छोरा र बुहारीसहित श्रीमतीसँगै बस्दै आएका थिए । घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस