२०८३ श्रावण २०, बुधबार
नयाँ
पछिला अपडेट

विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग ठप्प

२०८२ जेष्ठ २३, शुक्रबार प्रकाशित ( साल अघि) ७३४ पाठक संख्या

चोरमारा । नवलपुरको दुम्कीवासस्थित विनयी खोलामा शुक्रबार परेको वर्षापछि आएको बाढीले डाइभर्सन सडक बगाउँदा पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।

पाँच महिनाअघि पुल भाँचिएपछि बनाइएको वैकल्पिक डाइभर्सन बाढीले पुनः बगाएको हो। अघिल्लो साता मात्र पुनः निर्माण गरिएको डाइभर्सन ६ दिनमै फेरि बगाएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले जानकारी दिए।

साना तथा यात्रुवाहक गाडीलाई होङ्सी सिमेन्ट गेट हुँदै वैकल्पिक बाटोबाट चलाउने तयारी भइरहेको छ भने ठूला गाडीलाई खोलामा पानी घटेपछि मात्र डाइभर्सन बनाएर सञ्चालन गरिने जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस