चोरमारा । नवलपुरको दुम्कीवासस्थित विनयी खोलामा शुक्रबार परेको वर्षापछि आएको बाढीले डाइभर्सन सडक बगाउँदा पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ।
पाँच महिनाअघि पुल भाँचिएपछि बनाइएको वैकल्पिक डाइभर्सन बाढीले पुनः बगाएको हो। अघिल्लो साता मात्र पुनः निर्माण गरिएको डाइभर्सन ६ दिनमै फेरि बगाएको जिल्ला प्रहरी प्रमुख यादव ढकालले जानकारी दिए।
साना तथा यात्रुवाहक गाडीलाई होङ्सी सिमेन्ट गेट हुँदै वैकल्पिक बाटोबाट चलाउने तयारी भइरहेको छ भने ठूला गाडीलाई खोलामा पानी घटेपछि मात्र डाइभर्सन बनाएर सञ्चालन गरिने जनाइएको छ।