कावासोती । नवलपुरको गैंडाकोटमा टोयटा हायस पल्टिँदा केही यात्रु घाइते भएका छन् ।
दाङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०५० नम्बरको हायस आज दिउँसो २ बजेतिर विजय चोकमा पल्टिएको हो ।
स्कुटरलाई जोगाउन खोज्दा पल्टिएको बताइएको छ । दुर्घटनामा घाइते पाँच जनाको भरतपुस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ भने दुइजनाको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।