२०८३ आश्विन २०, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा नगरपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

२०८२ जेष्ठ १६, शुक्रबार प्रकाशित ( १ साल अघि) ६२७ पाठक संख्या

कावासोती । मध्यविन्दु नगरपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु भएको छ । नगरको १० नं: वडास्थित आरुङ्खोला ब्याडमिन्टन हलमा आयोजित उद्घाटन समारोहमा नगरप्रमुख भिमलाल अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।

नगर खेलकुद विकास समितिको आयोजना तथा आरुङ्खोला ब्याडमिन्टन क्लबको सहकार्यमा सञ्चालित प्रतियोगिता दुई दिनसम्म ( आज र भोलि ) सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा टोलिहरूले प्रतिस्पर्धा गर्ने छन्।

IMG 20250530 WA0011

प्रतियोगिताका विजेतालाई नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेताले १० हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडी वा टोलिले ७,५०० रुपैयाँ नगदसहित सम्मान प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस


↑