२०८२ जेष्ठ १७, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

२०८२ जेष्ठ १५, बिहिबार प्रकाशित ( दिन अघि) ५९३ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्याम आले मगर रहेका छन्। उनको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

ट्याक्टरमा सवार सोही ठाउँका १८ वर्षीय सोबित कुमाल र दल बहादुर कुमाल घाइते भएका छन्। उनीहरूको पनि भरतपुरस्थित अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना विनयी त्रिवेणी–३, उदय टाँडीस्थित भित्री सडक खण्डमा भएको हो। चिसापानीबाट उदय टाँडीतर्फ जाँदै गरेको लु ४ त ३६४२ नम्बरको खाली ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस