२०८२ जेष्ठ १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार प्रकाशित ( दिन अघि) ४७८ पाठक संख्या

गैंडाकोट – नवलपुरको गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–१३ का ३३ वर्षीय एक पुरुषको रेबिजका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्नीशियन डिल्लीराम तिवारीका अनुसार, ती पुरुषलाई करिब ६ महिना अघि कुकुरले टोकेको थियो । रेबिज संक्रमणको जोखिमलाई कम गर्न चिकित्सकीय सल्लाहअनुसार तीनवटा खोप लगाउनु पर्नेमा उनले केवल एक मात्र खोप लगाएका थिए ।

रेबिज एक घातक भाइरसजन्य रोग हो जुन संक्रमित जनावरको टोकाइबाट सर्ने गर्दछ। कुकुरले टोकेको २ हप्ताभित्रै रेबिज विरुद्धको खोप लगाउनु अत्यन्त आवश्यक हुन्छ । समयमै सम्पूर्ण खोप नलगाउँदा संक्रमण मस्तिष्कमा फैलिन सक्छ, जसले मृत्यु समेत निम्त्याउन सक्छ ।

यस घटनाले जनस्वास्थ्यमा रेबिज विरुद्धको सचेतना र खोपको महत्वलाई पुनः उजागर गरेको छ । स्वास्थ्य विशेषज्ञहरूले कुकुर वा अन्य जनावरको टोकाइपछि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक खोप लगाउन आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस