२०८२ चैत्र १२, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा माछा मार्न गएका पुरुष नारायणी नदीमा वेपत्ता

२०८२ जेष्ठ १०, शनिबार प्रकाशित ( 0 महिना अघि) ९४९ पाठक संख्या

कावासोती । नवलपुरको गैडाकोट नगरपालिका – ९ थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका एक पुरुष गएरातिदेखि वेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार गैडाकोट–७ निवासी ४० वर्षीय यमलाल दराई (काइला) नारायणी नदीमा डुबेर वेपत्ता भएका हुन्।

दराई अन्य दुई जना साथीहरूसँग माछा मार्न गएका थिए । घटनापछि हिजो अबेरसम्म खोजी कार्य गरिए पनि सफलता नपाएपछि आज बिहानैदेखि पुनः खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । हालसम्म उनी फेला नपरेको र खोजी कार्य जारी रहेको जानकारी प्रहरीले दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस