२०८२ अषाढ २९, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु निवासी १५ वर्षीया बालिका हराएको सूचना

२०८२ जेष्ठ १०, शनिबार प्रकाशित ( महिना अघि) १०२० पाठक संख्या

चोरमारा । मध्यबिन्दु नगरपालिका–१०, आरुङ्खोला निवासी १५ वर्षीया सुस्मिता गिरी जेठ ५ गते बिहानदेखि हराएकी छिन्। घरबाट सेतो टप र निलो जिन्समा निस्केकी उनी त्यसयता सम्पर्कविहीन छिन्।

परिवारका अनुसार सम्भावित स्थानहरूमा व्यापक खोजी गर्दा पनि उनी फेला नपरेपछि चिन्तित हुँदै यो सूचना सार्वजनिक गरिएको हो। सुस्मिताको खोजीमा परिवारका सदस्यहरू सक्रिय छन् भने प्रहरीमा समेत जानकारी गराइएको बताइएको छ।

सुस्मिता कहाँ गइन् भन्ने जानकारी अहिले पनि नआएकाले हामी अत्यन्तै चिन्तित छौं” सुस्मिताका परिवारजनले बताएका छन्।

सुस्मितालाई कतै देख्नुभएमा वा उनको बारेमा कुनै जानकारी भएमा तल उल्लेखित नम्बरहरूमा तुरुन्त सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।सम्पर्क नम्बरहरू : 9845804816, 9867144461

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%४%

प्रतिक्रिया दिनुहोस