२०८२ जेष्ठ १२, सोमबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०८२ जेष्ठ १०, शनिबार प्रकाशित ( दिन अघि) ५०३ पाठक संख्या

कावासोती — गएरातिदेखिको अबिरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलानजिकै सडक भासिएपछि राजमार्ग पूर्णरूपमा बन्द भएको हो।

केही दिनअघि मात्रै नयाँ पिच गरिएको उक्त सडक वर्षापछि उप्किएको छ भने करिब ८ मिटरजति सडक भाग भासिएको छ। पानी जमिरहेकाले तत्काल मर्मत सम्भव नभएको र सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

सडक बन्द भएपछि बर्दघाट र दुम्किबास क्षेत्रमा सयौं सवारी साधन रोकिएका छन्। यात्रुहरू लामो समयदेखि सडकमै अलपत्र परेका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा वैकल्पिक व्यवस्था गर्न प्रयास भए पनि मौसम अनुकूल नहुदा कठिनाइ भएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस