कावासोती । आजको वर्षापछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–२ बिश्वकर्मा मन्दिर नजिकै सडक अबरुद्ध भएको छ ।
पानी जमेर सडक चिप्लो बनेपछि गाडीहरू उकालोमा फस्ने तथा चिप्लिने समस्या देखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
सडक दुबै तर्फबाट सवारी आवागमन ठप्प भएको छ भने प्रहरी र स्थानीयको सहकार्यमा सडक खुलाउने प्रयास जारी छ । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बाटैमा अलपत्र परेका छन्।