२०८२ अषाढ २४, मंगलबार
नयाँ
पछिला अपडेट

चोरमारा रेडक्रस उपशाखाको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

२०८२ बैशाख २७, शनिबार प्रकाशित ( महिना अघि) २६४ पाठक संख्या

चोरमारा । नेपाल रेडक्रस सोसाइटी चोरमारा उपशाखाको नयाँ कार्यसमितिले शनिबार एक  कार्यक्रमकाबीच शपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

मध्यबिन्दु नगरपालिका–७ चोरमारामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम चोरमारा उपशाखाका निवृत्त सभापति दिलिप वाग्लेको अध्यक्षता तथा मध्यबिन्दु नगरपालिका–९ का वडा अध्यक्ष मदन कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

नवनिर्बाचित कार्यसमितिमा सतिश राई सभापति चयन भएका छन् । अन्य पदाधिकारीहरूमा उपसभापति विष्णु कुमारी पन्जियार, सचिव प्रकाश भण्डारी, उपसचिव गोपाल प्रसाद भुर्तेल, कोषाध्यक्ष बसन्त पंगेनी, उपकोषाध्यक्ष लेखनाथ भट्टराई रहेका छन्।

त्यस्तै, महिला सदस्यमा सिता पाठक तथा सदस्यहरूमा विन्दु काफ्ले, सुधा शाक्य, देवलाल काफ्ले र शुभकान्त सुवेदी चयन भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस